अपि पावर कम्पनीले दार्चुला पावरमा ७६ करोड लगानी गर्ने
११ पुष २०८१, बिहीबार १२:५२
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीको पुष १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी एक अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१ दशलमव ५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत शेयर कायम गर्ने निर्णय गरेको छ ।