राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिईओ सुवास कोइराला र पुनर्बीमा प्रमुख सिर्जना पन्तको त्रुटीले एक अर्ब बढीको नोक्सान

काठमाडौं । नेपाल सरकार र सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीका उच्च पदस्थ दुई कर्मचारीको सामान्य त्रुटीका कारण सो कम्पनीमा एक अर्बभन्दा बढि नोक्सानीमा पर्ने निश्चित भएको छ । कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला र पुनर्बीमा विभागकी प्रमुख डा. सिर्जना पन्तका कारण कम्पनीलाई करिब एक अर्ब २५ करोड रुपैयाँ (अन्तिम गणना हुन बाँकी) नोक्सानी पुग्न गएको छ । हाल प्रतिकित्ता १६,२२० रुपैयाँमा शेयर कारोबार भइरहेको कम्पनीको रिजर्भ कोषबाट ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएका कारण आगामी केही वर्षसम्म माथि उठ्नै नसक्ने गरी थला पर्ने भएको छ । कम्पनीमा रहेको दुई अर्ब ३३ करोड जगेडा कोष र रामशाहपथमा रहेको जग्गा समेत रहेको आधारमा कम्पनीको शेयर मूल्य उच्च बिन्दुमा पुगेको थियो । तर अब कम्पनीको जगेडा कोषमा करिब ४० प्रतिशत नोक्सानी हुने निश्चित भएको छ । गत असोज १२ गते आएको भिषण बाढीको चपेटामा माथिल्लो तामाकोशी आयोजना परेको थियो । माथिल्लो तामाकोशी आयोजनाले राष्ट्रिय बीमा कम्पनीमा २०८० साल चैत्रतिर बीमा शुल्क बुझाएर बीमापोलिसी लिएको थियो । ५६ मेगावाटको सो आयोजनामा सुरुमा दुईभन्दा बढि क्षति भएको अनुमान गरिएको थियो । तर, पछि विस्तृत अध्ययनपछि अपर तामाकोशी परियाजनाले राष्ट्रिय बीमा कम्पनी समक्ष एक अर्ब ७८ करोड रुपैयाँ क्षति भएको प्रमाणसहित पेश गर्दै बीमा दावी भुक्तानी माग गरेको छ । आयोजना प्रमुख मोहन … Continue reading राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिईओ सुवास कोइराला र पुनर्बीमा प्रमुख सिर्जना पन्तको त्रुटीले एक अर्ब बढीको नोक्सान