सुन तस्करी गर्न मौलायो अवैध रकम ओसापसार

११ पुष २०८१, बिहीबार ११:२८

काठमाडौं । काठमाडौं उपत्यकासहित देश मुख्य शहरहरुमा सुन तस्करी गर्न अवैध कारोबार मौलाएको छ । तस्करीको सुनको भुक्तानीका लागि संकलित अवैध रकम ओसारपसारविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य अभियान चलाएसँगै यसबारे थुप्रै तथ्य बाहिर आएका छन् ।

बुधबार मात्रै प्रहरीले स्रोत नखुलेको ९२ लाख नगदसहित काठमाडौंबाट तीन जनालाई समात्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो रकमसहित रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई पक्रिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार जफत रकम तस्करीको अवैध सुनको भुक्तानीका लागि सङ्कलन गरिएको प्रारम्भिक तथ्य फेला परेको बताए ।

यस्तै, सिनामङ्गलबाट बुधबारै प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपियाँसहित राजकुमार माली, प्रवेशकुमार पौडेल, युवराज सुवेदीसमेत चार जनालाई पक्राउ गरेको थियो । बुधबारै रुपन्देही प्रहरीले रूपन्देही, सिद्धार्थनगर-१, नौडिहवाबाट अवैध रकमसहित भारतीय नागरिक अङ्गदकुमार गुप्तालाई पक्राउ गरेको छ ।

अवैध कारोबारबाट सङ्कलित रकम बैङ्किङ प्रणालीमा नआई बाहिरै ओसारपसार हुने र अवैध सुन तस्करीमा प्रयोग हुने गरेको तथ्यका आधारमा प्रहरीले गोप्य अभियान सुरु गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*