महुली लघुवित्तको एफपिओमा १७ लाखको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?

११ पुष २०८१, बिहीबार ११:११

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०।१० कित्ता दरले शेयर हात पार्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*