नेप्सेद्वारा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय
११ पुष २०८१, बिहीबार १०:२७
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले यो निर्णय गरेको हो।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
राष्ट्र बैंकले कर्णाली बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा माथि पुगेको भन्दै केही दिनअघि निक्षेप संकलनमा रोक लगाएको थियो। बुधबार (पुस १० गते) राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै उपनिर्देशकको नेतृत्वमा व्यवस्थापनका लागि विशेष टोली समेत खटाएको छ।
हालसम्म कर्णाली डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार हुँदै आएको थियो।