राष्ट्रिय बीमा कम्पनीद्वारा टेण्डरमा सेटिङ, सिईओकै मिलेमतोमा अरिहन्तबाट कोर बीमा सफ्टवेयर खरिद गरिँदै

११ पुष २०८१, बिहीबार ०९:३३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेटिङमा एउटा मात्रै कम्पनीले भाग लिन पाउने गरी शर्तहरु राखेर अरिहन्त नामक बीमा सम्बन्धी सफ्टवेयर बनाउने कम्पनीबाट कोर बीमा सफ्टवेयर खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

राष्ट्रिय बीमा कम्पनीले गत मंसिर ६ गते सूचना प्रकाशित गरी कोर बीमा सफ्टवेयरका लागि टेण्डर गरेको थियो । तर, उक्त सफ्टवेयरको टेण्डर प्रक्रियामै गम्भिर त्रुटी मात्रै नभई सेटिङ समेत गरेको भेटिएको छ । चरम भ्रष्टाचार र अनियमितता डुबेको राष्ट्रिय बीमा कम्पनीका वर्तमान सिईओ शिवहरि श्रेष्ठ समेत विगतकै शैलीमा सेटिङमा घुसमा आँखा गाड्न पुगेका छन् ।

कम्पनीभित्रको आर्थिक अनियमितता छानविन भएको अवस्थामा करिब एक दर्जन कर्मचारीहरुको जेलमा बास हुने सम्भावना रहेको राष्ट्रिय बीमा कम्पनीमा भ्रष्टाचारको श्रृंखला अझै नरोकिएको कोर बीमा सफ्टवेयर खरिद गर्न अघि बढाइएको प्रक्रियाबाट स्पष्ट हुन आएको छ ।

सेटिङमा कोर बीमा सफ्टवेयर खरिद गरेर भ्रष्टाचार गर्न लागेको सम्बन्धमा जिज्ञाशा राख्दा सिईओ श्रेष्ठले कुनै जवाफ दिन चाहेनन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*