ग्रीन भेन्चर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ पुष २०८१, बिहीबार ०७:२६
काठमाडौं । आज पुस ११ गते ग्रीन भेन्चर्सक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
यस कम्पनीले १४ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सी शुक्रबार र शनिबार परेकोले नेप्से बन्द रहन्छ। यसर्थ आज बिहीबार सम्म कायम शेयरधनीले मात्रै यो कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।
यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्दैछ।