एक कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

१० पुष २०८१, बुधबार १८:२३

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले ४ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले भदौ ३१ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको असोज १६ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र १०।७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले नगद लाभांश भने यसअघिनै सेयरधनीको बैंक खातामा जम्मा गरिदिइसकेको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*