के अब कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का होला ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि यसको शेयर कारोबार रोक्का हुने सम्भावना देखिएको छ। यसअघि, केन्द्रीय बैंकले गोरखा डेभलपमेन्ट बैंक र नेपाल शेयर मार्केट फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा शेयर कारोबार रोक्का गरिएको थियो।
कर्णाली डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था, न्यूनतम पुँजीकोष अनुपात कायम नगर्नु, उच्च निष्क्रिय कर्जा अनुपात, र तरलता अभावका कारण यस बैंकलाई समस्याग्रस्त घोषणा गरिएको हो। यस निर्णयसँगै राष्ट्र बैंकले बैंकको व्यवस्थापन नियन्त्रणमा लिँदै नयाँ व्यवस्थापन समूह गठन गरिसकेको छ।
समस्याग्रस्त घोषणा गरिएका वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्नु शेयर बजार नियमनका लागि सामान्य प्रक्रिया हो। यस्तो अवस्थामा लगानीकर्ताको हितलाई सुरक्षित राख्न र वित्तीय संस्थाको सुधार प्रक्रियालाई सहजीकरण गर्न राष्ट्र बैंकले शेयर कारोबार रोक्का गर्ने व्यवस्था गर्दै आएको छ।
कर्णाली डेभलपमेन्ट बैंकलाई आफ्नो नियन्त्रणमा लिने राष्ट्र बैंकको निर्णय