ठमेलको छायासेन्टर भत्काउने फैसला आउनु पहिल्यै सञ्चालक र भाडामा बस्नेहरुको भागदौड सुरु, भीएफएस ग्लोबल सर्दै

काठमाडौं । ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर भत्काउने फैसला आउनु पहिल्यै सञ्चालक तथा वहालमा बस्नेहरुको भागाभाग सुरु भएको छ । मंसिर २४ गते निर्णय सुनाउने तयारी गरेको मुद्दालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक पृथ्वीबहादुर पाँडे र सुमन पाण्डेलगायतका व्यापारीले प्रभावित तुल्याई पुस ४ गते धेकेलेका थिए । व्यावारीको सेटिङबारे बीमापोष्ट लगायत सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि निरन्तर सुनुवाई गरेका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाले आफ्नो टाउकोमा अपजस आउने ठानेर निर्णय सुनाउनुको साटो पूर्ण इजलासमा पेश गर्ने आदेश दिए । मुद्दा फेरि पूर्ण इजलाशमा प्रवेश गरेपछि अब व्यापारीको चलखेलले नछुने र ऐतिहासिक कमलपोखरी पहिले कै अवस्थामा फर्काउने गरीको फैसला आउने आँकलन गरिएको छ । सोही सम्भावनालाई मध्यनजर गर्दै छाया सेन्टरमा रहेको भिसा फेसिलिटेशन सर्भिसेज (भीएफएस) ग्लोबल सर्न लागेको छ । छायादेवीको भविष्य नदेखेपछि त्यहाँबाट सर्न लागेको भीएफएस ग्लोबलले आफ्नो संस्थाविरुद्ध स्विजरल्याण्डमा उजुरी परेकोलाई कारण बनाएको छ । उसले उजुरीबारेको जवाफ स्विजरल्याण्ड सरकारलाई पठाइसकेको जानकारी दिँदै अब छाया सेन्टरमा रहेको कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र चाँडै कार्यालय स्थानान्तरण गर्ने भनी वक्तव्य जारी गरेको छ । पराम्परागत रुपमा प्रधान नेवाः गुठीको स्वामित्वमा रहेको धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको कमलपोखरी र परपरको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको छायासेन्टरसँग भीएफएस समेतको संलग्नता रहेको भन्दै गएको अगस्तमा स्वीस नेशनल कन्ट्याक्ट पोइन्ट (एनपीसी)मा … Continue reading ठमेलको छायासेन्टर भत्काउने फैसला आउनु पहिल्यै सञ्चालक र भाडामा बस्नेहरुको भागदौड सुरु, भीएफएस ग्लोबल सर्दै