महुली लघुवित्तको एफपिओ पाउन भाग्यकै भर, अन्तिम दिनसम्म ५२ गुणा बढी आवेदन

९ पुष २०८१, मंगलवार १७:३१

काठमाडौँ । महुली लघुवित्तको एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (पुष ९ गते) साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको थियो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*