नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५ अनुपातका दरले हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।
अनुमति पाएसँगै नेको इन्स्योरेन्सले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
नेपाल बीमा प्राधिकरणको चुक्ता पूँजी बृद्धि गर्न दिएको निर्देशन बमोजिम कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको हकप्रद शेयर निस्काशन पश्चात २ अर्ब ५१ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने भएको छ ।