पाँच महिनामा लघुबीमाको ब्यवसाय ४० करोडः गार्डियन र क्रेष्टको प्रतिस्पर्धा, कस्को कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब साढे ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ४० करोड ३४ लाख ८४ हजार रुपैयाँको ब्यवसाय गरेका हुन्।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । मंसिर मसान्तसम्ममा कम्पनीले १५ करोड ५७ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले १४ करोड ७८ लाख र लिबर्टी माइक्रो लाइफले ९ करोड ९८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।
मंसिर महिनामा मात्र कम्पनीले ९ करोड ७६ लाख रुपैयाँको ब्यवसाय गर्ने सफल भएका हुन् । मंसिर महिनामा गार्डियनले ३ करोड ६६ लाख, क्रेष्टले ३ करोड ६३ लाख र लिबर्टीले २ करोड ४६ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।