तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
९ पुष २०८१, मंगलवार १५:१२
काठमाडौँ । बजार दोहोरो अकंले बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । आज १६७ कम्पनीको शेयर मूल्यमा हरियाली आएको हो ।
मंगलबार बजारमा सुधार आएसँगै तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
साथै, न्यादी हाइड्रोपावरको ८.६० प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ७.५४ प्रतिशतले शेयर मूल्य बढेको छ ।