युनिक नेपाल लघुवित्तको साधारणसभा भोलि बस्दै
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा भोलि पुस १० गते बस्दैछ। सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ।
यस लघुवित्तले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरिसकेको छ। सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।
सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।