गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा

काठमाडौँ । गुणस्तरमा गम्भीर समस्या देखिएको हुन्डाईको ‘आइओनिक ५’ नेपाली बजारमा धमाधम बिक्री भइरहेको छ । हुन्डाई गाडिको नेपालको आधिकारिक विक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले गुणस्तरहीन ‘आइओनिक ५’ ग्राहकलाई ठग्दै बिक्री गरिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरहीन भइसकेको हुन्डाई आइओनिक ५ नेपालमा भने ग्राहक फसाउँदै लक्ष्मी मोटर्सले करोडौं मूल्यमा बिक्री गर्दै आइरहेको छ । विद्युतीय सवारी साधनलाई चार्जिङ र ड्राइभ पावर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उक्त गाडी डिलरले फिर्ता मागेको छ । आइओनिक ५ को इन्ग्रेटेड चार्जिङ कन्ट्रोल युनिट (आइसिसियु) मा समस्या देखिएको छ । यसले सवारी साधनको १२–भोल्टको सहायक ब्याट्री चार्ज गर्न नसक्ने स्थिति निम्त्याउन सक्छ, जसले ड्राइभ पावर गुम्न सक्ने खतरा रहन्छ । आइसिसियुले सवारी साधनको सहायक उपकरण र विद्युत प्रणालीलाई चार्ज गर्ने काम गर्दछ । भारतमा पनि आइओनिक ५ मा समस्या देखा परेको छ । सन् २०२३ को जनवरीदेखि २०२४ को अप्रिलसम्म उत्पादन गरिएका १,७०० भन्दा बढी युनिटहरू प्रभावित भएका छन् । आइसिसियुमा खराबी आएमा सवारी साधनको १२–भोल्टको ब्याट्री डिस्चार्ज हुने खतरा छ। यो ब्याट्रीले इन्फोटेनमेन्ट, वातानुकूलनजस्ता महत्त्वपूर्ण प्रणालीहरूलाई ऊर्जा पु¥याउँछ । यदि यो डिस्चार्ज भयो भने ती प्रणालीहरू काम गर्न सक्दैनन् । नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनका अनुसार प्रभावित सवारी साधनहरूको चार्जिङ कन्ट्रोल युनिटमा रहेको ट्रान्जिस्टरमा समस्या देखिएको छ । यसका कारण १२–भोल्टको … Continue reading गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा