सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफको अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लमजुङको सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्ताहरूका लागि एकदिने तालिम सम्पन्न गरेको छ। पुस ८ गते सुन्दरबजार नगरपालिका-७ को हलमा आयोजित तालिममा ३२ जना अभिकर्ताहरू सहभागी भएका थिए।
कार्यक्रममा लिबर्टी माइक्रो लाइफ गण्डकी लुम्बिनीका प्रमुख शिव पौडेलले बीमाको महत्त्व, फाइदा र कम्पनीका विभिन्न योजनाबारे जानकारी गराएका थिए। उनले डिजिटल माध्यमको प्रयोग गरी बीमा प्रक्रियालाई छिटो र सहज बनाउने तरिकालाई जोड दिएका थिए।
वडा अध्यक्ष जयराम रेग्मीले प्रमुख अतिथिको रूपमा आफ्नो धारणा राख्दै पहिलो पटक लिवर्टी माइक्रो लाइफमा बीमा गरेको जानकारी दिए। कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गरेर ३ मिनेटमै रेग्मीको बीमा पोलिसी जारी गरी हस्तान्तरण गरिएको थियो।
सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले लिबर्टी माइक्रो लाइफले ग्रामीण क्षेत्रका ग्राहकहरूलाई डिजिटल माध्यमबाट छिटो र सरल बीमा सेवा प्रदान गर्दै आएको बताए।
कार्यक्रमको सञ्चालन लिबर्टी माइक्रो लाइफ लमजुङका प्रमुख निश्चल रेग्मीले गरेका थिए।