लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारणसभा

९ पुष २०८१, मंगलवार ०८:४२

काठमाडौैं । नागरिक लगानी कोषले यही पुस २९ गते सोमबार तीसौं वार्षिक साधारणसभा बोलाएको छ। कोषको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले गत आवको मुनाफाबाट शेयधरनीलाई ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याइनेछ।

सभा प्रयोजनका लागि कोषले पुस २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस २१ गतेसम्म कायम शेयरधनी मात्रै कोषको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*