नेशनल लाइफको ‘अमृत वर्षा बीमा योजना (अग्रिम भुक्तानी)’ भनेको के हो ? (भिडियोसहित)
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘अमृत वर्षा बीमा योजना (अग्रीम भुक्तानी)’ अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । कम्पनीका सबै बीमा योजनाहरु उत्कृष्ट रहेका छन् ।
वि.स. २०४४ सालमा स्थापना भएर विगत ३७ वर्षदेखि निरन्तर जीवन बीमा व्यवसाय प्रदान गर्दै आएको यस कम्पनीले लाखौँ आम नागरिकहरुको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । कम्पनीका बीमितहरुप्रति सधै जिम्मेवार रहेको कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब रुपैयाँ सञ्चिती रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्समा आवद्ध भएका ८३ हजारबढी बीमा अभिकर्ताहरुले देशभरी रहेका ११८ वटा शाखा कार्यालयबाट नागरिकहरुको बीमा गरेर उनीहरुको जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । यो पोलिसी खरिद गर्ने बीमितले पहिलो पटक चार वर्षमा बुझाएको बीमा शुल्कको ३३.३३ प्रतिशतका दरले रकम फिर्ता पाउने र पछि तीन–तीन वर्षका दरले रकम फिर्ता पाउने प्रावधान रहेको छ ।
आज हामी नेशनल लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ट तथा सर्वाधिक बिक्री भइरहेको बीमा पोलिसी ‘अमृत वर्षा बीमा योजना (अग्रिम भुक्तानी)’ को बारेमा व्याख्या गर्नेछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? के के फाइदाहरु छन् भन्नेबारे यहाँ कम्पनीका बजार व्यवस्थापन विभाग प्रमुख विवेक शर्मासँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः
कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख नेशनल लाइफ इन्स्योरेन्समा निकै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चिततामा पनि जीवन सुरक्षा गर्न भुमिका निर्वाह गर्दछ ।
कम्पनीले प्रचलनमा ल्याएको अमृत वर्षा बीमा योजना बीमितहरु माझ अत्यन्तै रुचाईएको जीवन बीमा हो । यस योजना अन्तर्गत निश्चित अवधिभित्रै समानुपातिक हिसावले बीमांक रकम उपलब्ध गराउने यो वास्तविक रुपमा अग्रिम भुक्तानी बीमा योजना हो ।
न्यून आय भएका नागरिकदेखि विभिन्न क्षेत्रका कर्मचारी, किसान, व्यापारी, शिक्षक, सवारी चालक, उद्योगी तथा सबै प्रकारका मानिसहरुले सर्वाधिक रुचाएको पोलिसी हो, ‘अमृत वर्षा बीमा योजना (१)’ ।
विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक रहेको व्यवहारिक बीमा पोलिसी हो ।
यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा लाभार्थीलाई वा बीमितलाई निहित बोनसको साथ बीमाङ्क रकम प्रदान गरिन्छ । साथै, ग्राहकले बीमा शुल्क भुक्तानीका लागि वार्षिक, अर्ध वार्षिक, त्रैमासिक तथा मासिक मध्ये एक रोज्न सकिनेछ ।
कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा पोलिसीलाई सर्वाधिक बिक्री गर्दै आएको बताएका छन् । मानिसको जीवनमा आइपर्न सक्ने दुर्घटना तथा रोग लागि हालेमा उपचार गर्न घातक रोग विरुद्धको सुविधा (सीआईं) समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।
बीमालेख खरिद गर्ने उचित समय कुन हो ?
जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ ।
नेशनल लाइफ इन्स्योरेन्सले यो योजनामा सहभागि हुनका लागि सरल र व्यवहारिक मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ६० वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ । यस योजनाको अधिकतम् बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ भने बीमा अवधि ७, १०, १३, १६, १९, २२ र २५ वर्ष रहेको छ ।
मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मपदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।
न्यूनतम् बीमाङ्क रकमः ५० हजार रुपैयाँ,
अधिकतम् बीमांक रकमः पाँच करोड (आयश्रोतका आधारमा)
न्यूनतम प्रवेश उमेरः १८ वर्ष
अधिकतम प्रवेश उमेरः ६० वर्ष
अधिकतम बीमा समाप्ती उमेरः ७० वर्ष
बीमा शूल्क भुक्तानी तरिकाः वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक
उमेर गणना गर्ने तरिकाः आगामी उमेर
लाभहरू/विशेष सुविधाहरू
जीवित रहेमा,
बीमा अवधिको आधारमा निम्न लिखित अवधिमा प्रतिहजार तोकिएको रकम प्रदान गरिन्छ र अवधि समाप्तीमा बीमांक रकमको पुरा अवधिको बोनससहित भुक्तानी गरिन्छ ।
निधन भएमा,
चालु बीमालेख अन्तर्गत बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनश रकम बीमितद्वारा इच्छाएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी दिने व्यवस्था रहेको छ ।
मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म सुरक्षित रहन सकिन्छ । यस योजनाले बीमितहरुलाई सीआई देखि लिएर मापदण्ड पुरा भएपश्चात कर्जा सुविधा समेत उपलब्ध गराउन्छ । यस योजनामा दुर्घटनाबाट निधन भएमा बीमांक बराबरको रकम सुविधा समावेश गरिएको छ ।
समर्पण मूल्य
तीन बर्षको बीमाशुल्क भुक्तानी भईसकेपछि र बीमालेख जारी भएको ३ वर्षको अवधि पूरा भईसकेपछि बीमा अवधि मित्र बीमालेखको समर्पण मूल्य प्राप्त गर्न सकिने छ ।
अतिरिक्त लाभहरुः
● प्रति हजार रु.१/– बीमाशुल्क थप गरी बीमाङ्क रकम बराबर वा बढिमा ५० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ समावेश गर्न सकिनेछ ।
● प्रति हजार रु.२/– बीमाशुल्क थप गरी बिरामी वा दुर्घटनाका कारणबाट स्थायी रुपमा अंगभंग (पीटीडी) भएमा बीमाशुल्क मिनाहा रक्षावरण समावेश गर्न सकिने छ ।
● बीमा शुल्कमा बीमा अवधि र बिमितको जन्म मिति आधारमा आउने न्यूनतम बीमाशुल्क थप गरि तोकिए अनुसारको घातक रोग (सीआई) सुबिधा समावेश गर्न सकिनेछ ।
● पूरा दुई वर्ष बीमाशुल्क भुक्तानी गरी दुई वर्ष पूरा भएपछि चुक्ता मूल्यमा परिणत गर्न सकिनेछ । समर्पण मूल्य लिन सकिनेछ, ऋण सुविधा उपभोग गर्नसकिनेछ ।
● आयकर छुटको सुविधा प्राप्त हुनेछ ।
कसरी बीमा पोलिसी खरिद गर्ने ?
कम्पनीका देशभरी सक्रिय रहेका ८३ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका ११८ कार्यालय सञ्जाल मार्फत खरिद गर्न सकिनेछ । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।
दावी भुक्तानी
नेशनल लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सबै कागजात मिलाई सक्दो चाँडो दावी दिने ब्यवस्था गरेको छ ।