राताम्य यात्रामा देखियो हरियालीः करिब साढे ४अर्बको कारोबार, अब घट्ला कि बढ्ला ?
काठमाडौँ । केहि दिन यता निरन्तर राताम्य भइरहेको शेयर बजार आज भने समालिन खोजेको छ । बजार आज दोहोरो अकंले बढ्न पुगेको हो । नेपालको पुँजी बजार हल्लाले बढी प्रभावित हुने गरेको छ । जसको कारण हो आवश्यक ज्ञान नहुनु ।
पुँजी बजारमा सीमित स्वार्थ बोकेकाहरुले भर्खर बजार प्रवेश गरेका लगानीकर्तालाई आफ्नो इसारामा नचाउँछन् । आफ्नो स्वार्थ पुरा भएपछि ठुला लगानीकर्ता एक्जिट हुन्छन भने नवप्रवेशी लगानीकर्ता फस्छन् । सोहिको सिकार अहिलेको शेयर बजार भएको छ । हलहलैमा लगानी गर्ने लगानीकर्ता बढ्दै जाँदा बजार ठुला लगानीकर्ताको इसारामा नाच्ने गरेको छ ।
शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक हुँदा समेत बजारले अपेक्षा अनुसार सुधार हुन सकेको छैन । आज आएको हरियालीलाई लगानीकर्ताले सकारात्मक रुपमा हेर्ने सकेका छैनन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अकंले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ । सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८४ प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १९४ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ ।