हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने

८ पुष २०८१, सोमबार १२:५५

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित पुस २९ गते बाह्रौं वार्षिक साधारणसभा गर्ने भएको छ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरिसकेको छ।

कम्पनीले लाभांश नबाड्ने निर्णय गरेको छ भने चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव सभाले पारित गर्नेछ। कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*