प्रोग्रेशिभ फाइनान्सले लाभांश नदिने
८ पुष २०८१, सोमबार १२:१४
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको हो।
साथै यस कम्पनीले पुस २९ गते अठ्ठाइसौं वार्षिक साधारणसभा गर्ने जनाएको छ। यसका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने समेत जानकारी दिएको छ।