पेशागत बीमा अभिकर्ता संघ ताप्लेजुङ शाखाको नयाँ समिति गठन, अध्यक्षमा हरिप्रसाद बराल
८ पुष २०८१, सोमबार ११:४९
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक शाखा समिति ताप्लेजुङको चौथो अधिवेशन पुस ७ गते आइतबार सम्पन्न भएको छ।
उक्त अधिवेशनबाट हरि प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको हो।
निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष लिला प्रसाद पौडेल, सचिव दावाछेतेन शेर्पा, सहसचिव सीता कुमारी कार्की, कोषाध्यक्ष देउमाया ओझा रहेका छन्।
त्यसैगरी सदस्यहरूमा चतुरमति लिम्बु, डिल्ली मेन्याङ्वो, अम्बिका विष्ट, सावित्रा काम्वाङ र दिनेश कुमार विष्ट चयन भएका छन्।