कालिका पावर कम्पनीको लाभांश घोषणा
८ पुष २०८१, सोमबार ११:०६
काठमाडौं । कालीका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) दिने निर्णय गरेको हो।
घोषित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सत्रौं वार्षिक साधारणसभा पनि बोलाएको छ। सभा चितवनको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्