सत्ताको चौतर्फी घेराबन्दीमा रवि, सहकारी अपचलनमा उम्किने देखिएपछि सम्पत्तिशुद्धीकरणको डण्डा

पुर्पक्ष वा धरौटीको टुंगो लाग्न झण्डै एक हप्ता लाग्ने
८ पुष २०८१, सोमबार ११:००

काठमाडौं । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्तिशुद्धीकरण मुद्दाका आरोपी राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान हुने वा धरौटीमा रिहा हुने भन्ने निधो हुन झण्डै एक हप्ता लाग्ने भएको छ ।

रविसँगै अन्य आरोपीहरु पनि एउटै कसुरमा थुनामा रहेका कारण सबैको बयान, थुनछेक बहसलगायतका कारण निधो हुन झण्डै हप्ता दिन लाग्ने भएको हो । रविसँगै हाल गोर्खा मिडिया नेटवर्कका पूर्वपाध्यक्ष छविलाल जोशी, जीबी एण्ड कम्पनीका कर्मचारी लीला पछाई र रामबहादुर खनाललगायत प्रहरी हिरासतमा छन् । यी सबैमाथि प्रहरीले सम्पत्तिशुद्धीकरणको अभियोग समेत लगाएको छ । यस्तै, सहकारी गठीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ ।

अधिवक्ता भूपेन्द्र पोखरेलका अनुसार थुनामा रहेका सबैको एकसाथ अदालतमा बयान हुने र थुनछेक बहस हुने भएका कारण सबैको बयान र थुनछेक बहस नसकिएसम्म धरौटी खुल्ने कि पुर्पक्षका लागि काराकार चलान गर्ने भन्ने टुंगो लाग्न हप्ता दिनको समय लाग्ने देखिन्छ । कारणः बीचमा शनिबारबाहेका सार्वजनिक विदा पनि परेका छन् ।

अधिवक्ता पोखरेल भन्छन्, ‘सबैलाई वकिल राखेर बहसको मौका दिइन्छ । सरकारी वकिलको बहस सुनिन्छ । थुनामा रहेकाजति सबैको पालैपालो थुनछेक बहस हुँदा समय लागिहाल्छ ।’

सहकारी अपचलनमा नयाँ नजिर हुने
संगठित अपराध र सम्पत्तिशुद्धिकरणको अभियोग समेत लगाइएका रवि लामिछानेलाई सहकारी अपचलनमा पुर्पक्षका लागि कारागार पठाइए, यो नयाँ नजिर हुने कानून व्यवसायीहरुले बताएका छन् । सकारी अपचलनमा उसको सम्पत्ति तथा जायजेथाबाट असुल गर्ने गरी देवान मुद्दा गर्ने चलन रहेकामा सहरकारी अपचलनमा फौजदारी कसुर स्थापित गर्ने प्रयत्नले नयाँ नजिर स्थापित हुने उनीहरुको भनाइ छ ।

यद्यपि, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले पनि सहकारी अपचलनमा ९ सयदेखि एक हजार व्यक्ति थुनामै रहेका कारण रविमाथि प्रतिशोधपूर्ण कारबाही चलाइयो भन्नु हाँस्यास्पद भएको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्, ‘अहिले त मुद्दा लागेको मात्रै त हो । स्वच्च सुनुवाईको अधिकार छँदै छ । फौजदारी कानूनको समान प्रयोग हुनुपर्छ । रविको हकमा एउटा र अन्यको हकमा अर्को हुने कुरा हुँदैन । रविको भन्दा न्यून प्रमाण भएका र न्यून रकम भएकाहरुको हकमा पनि कसुर स्थापित भई पुर्पक्षमा पठाइएको कयौँ मुद्दाहरु छ । रवि निकटहरुले सडकमा होहल्ला र सामाजिक सञ्जाल तताउनुको साटो तगडा कानून व्यवसायी राखेर आपसमा व्यापक तयारी गरेर आरोपलाई खण्डित गर्ने प्रमाण जुटाउनतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।’

अहिले रविको थुना कानून संवतको थुना हो, उनले अगाडि भने, ‘अदालतमा पूर्ण प्रतिरक्षाको अधिकार छ । हिजो पञ्चायतजस्तो शून्य प्रमाणमा पनि गैरकानूनी थुनामा राख्ने, अदालतबाट म्याद थप नहुने जस्तो अवस्था होइन ।’

सम्पत्तिशुद्धीकरणले अफ्ठेरो पार्ने
गृहमन्त्री रमेश लेखक, आइटीका आनकार छोरा आफैं खटिएर रवि र रविपत्नी निकिताको खातामा भएको रकम ट्रान्जेक्सनको प्रमाण संकलन गरेका कारण रविलाई सम्पत्तिशुद्धीकरणको अभियोगले अफ्ठेरो पार्ने भएको छ । सहकारी अपचलन र संगठित अपराधमा रविकातर्फबाट बलियो डिफेन्स हुने र सम्भवतः उम्किने देखिए पनि रवि सम्पत्तिशुद्धीकरणको घेराबन्दीमा परेका छन् ।

उनी र पत्नी निकिताको खातामा झण्डै २९ करोड ट्रान्जेक्सन भएको गम्भीर प्रमाण फेला परेको जिकर प्रहरीले आरोपपत्रमा गरेको छ ।सम्पत्तिशुद्धीकरणलाई गम्भीर प्रकृतिको अपराध मानिएका कारण संगठित अपराधका आरोपी जो कोहीको सम्पत्तिशुद्धीकरणको अभियोग लाग्नु स्वभाविक भएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

जिल्ला न्यायाधीशले रिस्क नलिन सक्छन्
रवि निकटस्थ एक कानून व्यवसायीका अनुसार उच्च अदालत र सर्वोच्चले उन्मुक्ति दिने अवस्थाको आँकलन गरेर जिल्ला न्यायाधीशले रिस्क नलिने मनसायले रविलाई पुर्पक्षका लागि कारागार चलान गर्न सक्ने सम्भावना रहन्छ ।

जिल्लाबाटै यसको निक्र्योल हुनुपर्छ भन्ने ठानिए जिल्ला अदालतले विगोको १० प्रतिशत धरौटी मागेर थुनामुक्त गर्न सक्ने उनको भनाइ छ । अब थप अनुसन्धान गर्न जरुरी नरहेको खण्डमा धरौटी खुल्नसक्ने सम्भावना प्रवल रहेको उनको धारणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*