सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
८ पुष २०८१, सोमबार ०८:०८
काठमाडौं । आज पुस ८ गते सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
सभा प्रयोजनार्थ कम्पनीले भोलि पुस ९ गते एक दिन बुक क्लोज भएकाले कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बस्दैछ।