साना कम्पनीको धितोपत्र कारोबार गर्न छुट्टै प्लाटफर्मलाई स्वीकृति दिने सरकारको निर्णय

७ पुष २०८१, आईतवार १८:३०

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावलीले अघि बढाउने निर्णय गरेको छ। सरकारले साना तथा मझौला कम्पनीलाई पुँजीबजारमा ल्याउन सहज हुनेगरी कानूनी व्यवस्था गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन्।

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले गरेको शेयर बजार सम्बन्धी पहिलो निर्णय गरेको हो ।
त्यसैगरी, धितोपत्र बजार संचालनको लागि अनुमितपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थमन्त्रालय पठाउने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*