चार वटामा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल

७ पुष २०८१, आईतवार १५:०८

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपरमादी हाइड्रोपावर लगायतका कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आज कारोबार भएका कम्पनीहरुमध्ये ८४ कम्पनीका शेयरमा हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*