देवराज ढुगांनाले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारीसँगै सुरक्षण मुद्रा केन्द्रको जिम्मेवारी पनि सम्हाल्ने

७ पुष २०८१, आईतवार १५:०८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष देवराज ढुगांना नेपाल सरकारबाट सुरक्षण मुद्रा केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भए पनि कम्पनीको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

कम्पनीको कार्यकारी निर्देशक पदमा नियुक्त भएपनि उनले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारी भने सम्हाल्ने भएका छन् ।कम्पनीका अध्यक्ष देवराज ढुगांनाले गत कात्तिक महिनामा कम्पनीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

कम्पनीको अध्यक्ष पदमा फुल टाइमर भएर काम गर्नुनपर्ने भएको कारण पनि उनी कम्पनीको नेत्तृवदायी भूमिकामा समेत देखिने कम्पनीका सिईओ सुरेन्द्र थापाले जानकारी दिएका छन् ।

प्राधिकरणकाले यस बिषयमा जानकारी लिन खोज्दा पनि कम्पनीले अध्यक्षमा फुलटाईम वर्क लोड नहुने जवाफ दिएको बताँउछन् ।मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय अनुसार सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेका हुन् ।

केन्द्रलाई व्यवस्थीत रुपमा परिचालन गर्नका लागि ध्यान केन्द्रीत गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने तयारी समेत गरिएको छ। अध्यक्ष ढुगांनाले उक्त संस्थाको पनि जिम्मेवारी सम्हाल्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*