१० प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारितका लागि कालिका लघुवित्तले बोलायो साधारण सभा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनी आगामी पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा बस्ने गरी १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेरहेको छ । ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।