घोराही सिमेन्टले लाभांश नदिने, ७५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि बोलायो साधारण सभा

७ पुष २०८१, आईतवार ११:०९

काठमाडौँ । घोराही सिमेन्ट उद्योग लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरि पुष२७ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो। सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १ः०.७५ वा ७५ प्रतिशत हकप्रदको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।।

कम्पनीको आगामी चौथो वार्षिक साधारण सभामा अनुमोदन भएपछि यी हकप्रद सेयर निष्कासन आकस्मिक रुपमा हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*