नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

७ पुष २०८१, आईतवार ११:०४

काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो ।

कम्पनीको पुष ७ गते बिहान बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*