प्रभु बैंकद्वारा लाभांश नदिने निर्णय
७ पुष २०८१, आईतवार १०:१०
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै बैठकले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय पनि गरेको छ।