लाभांश र अग्राधिकार शेयर प्रस्ताव सहित सिद्धार्थ बैंकको साधारणसभा आह्वान

७ पुष २०८१, आईतवार १०:०५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही पुस २८ गते आइतबार २३ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै प्रतिकित्ता १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पनि पारितका लागि पेश गरिनेछ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्ष नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ भने ५ जना सञ्चालकको निर्वाचन गरिनेछ।

साथै चुक्ता, जारी र अधिकृत पूँजी वृद्धि गर्ने, सञ्चालकको भत्ता र सुविधा हेरफेर गर्ने, खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*