लिवर्टी इनर्जीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

७ पुष २०८१, आईतवार ०९:२६

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि बिक्री गरिरहेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता हकप्रद शेयर बिक्री गरिरहेको छ। हकप्रद बिक्री प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

यो शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदनका बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर र लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार र लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी र लमजु शाखा साथै धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि आवेदन दिन सकिन्छ।

हाल लिवर्टी इनर्जीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ। यो हकप्रद शेयर निष्कासनपछि चुक्ता पुँजी बढेर २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानीका लागि १५ करोड ३२ लाख र लोदोखोला साना जलविद्युत आयोजनामा ४ करोड २४ लाख रुपैयाँ लगानी गर्न प्रयोग गरिने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*