नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

७ पुष २०८१, आईतवार ०९:०२

काठमाडौं । आज पुस ७ गते नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

अठारौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि पुस ८ गते बुक क्लोज गर्नेभएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

यस कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २५ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*