लाभांश पारित गर्न श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले यही पुस २९ गते सोमबार तिसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा सभा बस्ने निर्णय गरेको हो।
सभाले चुक्ता पूूूूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र बोनस शेयर विरतणपछि कम्पनीको चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएका छन्।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।