प्रतिशेयर ३० रुपैयाँ लाभांश प्रस्ताव सहित एनटीसीले बोलायो साधारणसभा

७ पुष २०८१, आईतवार ०७:४७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले पुस २८ गते आइतबार सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

One thought on “प्रतिशेयर ३० रुपैयाँ लाभांश प्रस्ताव सहित एनटीसीले बोलायो साधारणसभा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*