जनकपुर बोल्ट्सले जित्यो एनपिएल उपाधी, सुदुरपश्चिम स्तब्ध

६ पुष २०८१, शनिबार १६:०४

काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधी जनकपुर बोल्ट्सले जितेको छ । आज काठमाडौंको कीर्तिपुरमा सम्पन्न भएको संघर्षपूर्ण खेलमा सुदूरपश्चिम रोएल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।

टस जितेरमा सुरुमा ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा १८४ रन बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा १८५ रनको लक्ष्य पाएको जनकपुर बोल्डस्ले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा १८५ रनको लक्ष्य पुरा गरेको थियो ।

यो जितसँगै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पुरस्कार सहित अन्य थुप्रै पुरस्कारहरु जित्न सफल भएको छ । आजको खेलसँगै सुदुरपश्चिम रोयल्स दोस्रो भएको छ ।

त्रिविविस्थित क्रिकेट मैदानमा भएको खेलमा झिनो पराजयसँगै सुदुरपश्चिम रोयल्स स्तब्ध हुन पुगेको छ । उसका समर्थकहरु आँशु खसाल्दै बाहिरिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*