बिहानै बाजुरामा ५.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प, कस्तो छ अवस्था ?

६ पुष २०८१, शनिबार ०७:४८

काठमाडौं । पश्चिमी नेपालको विकट जिल्ला बाजुरामा आज विहानै ५.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको छ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकालाई केन्द्र्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र्रले जनाएको छ ।

केन्द्रका अनुसार आज शनिबार बिहानै ४ः१४ बजे भूकम्प गएको थियो । सो समयमा मानिसहरु सुतिरहेका थिए । एक्कासी भुकम्पको धक्कापछि गाउँमा कोलाहल मच्चिएको स्थानीयबासीले बताएका छन् ।

जगन्नाथ गाउँपालिका वडा नं ५ मा केन्द्र्र्रबिन्दु बनाएर भुकम्प गएको स्थानीयको भनाई छ । वडा नं ६ का वडा अध्यक्ष धन बहादुर सार्कीले भुकम्पले गाउँका धेरै घरहरु चर्किए पनि मानवीयको कुनै सूचना नआएको बताए । टेलिफोनमा बीमापोष्टसँग भने, ‘भुकम्पले धेरै हल्लायो,हाम्रो सातो नै लियो, अहिले हेर्दा वरपर घरहरु चर्किएका छन्, कसैलाई क्षति भएको खवर अहिलेसम्म मैले पाएको छैन ।’

वडा अध्यक्ष धन बहादुर सार्की/ File Picture

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*