प्रहरीको सेन्ट्रल रिर्पोटबाट घटनाको डाटामा सहजीकरण भए दाबी भुक्तानीमा सहज हुनसक्छः अध्यक्ष पौडेल

५ पुष २०८१, शुक्रबार १८:०१

काठमाडौँ । जीवन बीमक संघ (नेपाल)का अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आम बीमितहरुलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको बीमा क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै हामिले दिने सर्भिसलाई क्वालिटीसँग दाजेर आउँदो दिनमा अझै गुणस्तरी बनाउन आवश्यक रहेको उनले बताएका हुन् ।

अध्यक्ष पौडेलले बीमा क्षेत्रमा थुप्रै समस्या, चुनौती र चिन्ता रहेको बताएका छन् । उनले भने, ‘नेपाली बीमा क्षेत्रमा थुप्रै चिन्ता र चुनौतीहरु रहेका छन् । त्यही चिन्ता र चुनौतीका माझ हामीले काम गरिरहेका छौँ । यस्ता कुरा बढ्नु भनेको मार्केट बढ्नु हो। जसलाई हामीले अवसरको रुपमा लिएका छौ।’

सरकारको पहिलो प्राथमिकतामा बीमा क्षेत्र परेको उनले बताए । ‘बीमा क्षेत्र सरकारको प्राथमिकतामा परेको कारणले चाँडै बीमा प्राधिकरणको नेतृत्व समेत पाएका छौं । अन्य क्षेत्रका लामो समय नेतृत्व बिहीन हुँदा समेत मतलव् नगरेको सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेर नेतृत्वबिहीन बनाएनन्।’

मानिसहरुलाई क्वालिटी सेवा दिन हामीले इको सिस्टम बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘मैले पटक–पटक भन्ने गरेको छु। इको सिस्टम बनाएका अघि बढ्दा बीमा क्षेत्रको सेवा सरल र सहज बन्छ।’ उनले भने ।

दावी भुक्तानीलाई राम्रोसँग फछ्र्यौट गर्न सकेको खण्डमा नागरिकबीच बीमाबारे सकारात्मक सन्देश प्रवाह हुने समेत उनले बताए । ‘कुनै दुर्घटना हुँदा बीमा दावी भुक्तानी गनुपर्ने अवस्थामा बीमित, नेपाल प्रहरी, अस्पताल तथा स्थानीय निकाय लगायतसँग सहकार्य गर्दा दावी भुक्तानीमा ढिलाई र खर्च पनी बढ्ने गरेको छ। उनले भने, ‘नेपाल प्रहरीको सेन्ट्रल रिपोर्टबाट घटनाबारे सबै डाटा ल्याउन सकेको भए हामीलाई दावी चाँडो र कम खर्चिलो हुनेथियो । जसको लागि बीमा प्राधिकरणसँग निरन्तर पहलमा छौ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*