एनआईसी एशिया लघुवित्त कलुवापुर शाखाद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई सम्मान

५ पुष २०८१, शुक्रबार १६:२८

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत कलुवापुर शाखाले नियमित किस्ता बुझाउँदै आएकी सदस्यलाई सम्मान गरेको छ। उक्त शाखाको केन्द्र नं ०१६ मा आवद्ध सदस्य द्रोपती जोशीले संस्थाबाट लिएको ३ लाख रुपैयाँ कर्जा नियमित किस्ता बुझाउँदै चुक्ता गरेकी हुन् ।

यस उपलब्धिको सम्मानस्वरूप जोशीलाई टीका लगाई सम्मान गरे भने शाखा प्रमुख पार्वती बोगटीले ३,६०० रुपैयाँ नगद प्रोत्साहन रकम हस्तान्तरण गरिन्।

संस्थाले नियमित कर्जा भुक्तानी गर्ने सदस्यहरूलाई यसरी प्रोत्साहित गर्दै आएको छ, जसले सदस्यहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै वित्तीय अनुशासनलाई प्रोत्साहन गर्दछ।

शाखा प्रमुख बोगटीका अनुसार, यस्ता प्रोत्साहन कार्यक्रमहरूले सदस्यहरूलाई समयमै कर्जा भुक्तानी गर्न उत्प्रेरित गर्ने र संस्थाको सेवा प्रभावकारिता बढाउने उद्देश्य राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*