त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा ३ करोड ३५ लाखको बोलपत्र आह्वान

५ पुष २०८१, शुक्रबार १०:५६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिका लागि फ्लडलाइट र प्यारापिट निर्माण कार्य अघि बढाउन फेरि बोलपत्र आह्वान गरिएको छ।

सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्लडलाइट र प्यारापिट निर्माणका लागि आज नयाँ बोलपत्र आव्हान गरेको हो।

प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि १ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याइएको छ। बोलपत्र पेश गर्न २० देखि १० हजार रुपैयाँसम्म लाग्नेछ। इच्छुक संस्थाहरूले माघ ६ गते दिउँसो १२ः३० सम्म बोलपत्र पेश गर्न सक्नेछन् भने सोही दिन १ः३० बजे बोलपत्र खोलिने जनाइएको छ।

यसअघि दुई पटक फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान गरिए पनि प्रक्रिया रद्द गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*