एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात रित्तो

५ पुष २०८१, शुक्रबार १०:४३

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । एक्सेलले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*