आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

५ पुष २०८१, शुक्रबार ०७:२८

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार एघारौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित वेष्टर्ज एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्ने, ३ जना सञ्चालक निर्वाचन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

संस्थाको अधिकृत, जारी र चुक्ता पूँजी बढाउने र सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन र अन्य लघुवित्तसँग मर्जर सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*