टोखाको धापासीस्थित एक घरमा आगलागी

४ पुष २०८१, बिहीबार १९:२२

काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ।

भाइकाजी श्रेष्ठकोसाढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।

अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरबाट दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीको थप विवरण भने आउन रहेको प्रहरीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*