गुडविल फाइनान्सको रेटिङ यथावत, नकारात्मक प्रभावसहितको निगरानी जारी
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडको रेटिङलाई आईसीआरए नेपालले यथावत राख्दै ‘नकारात्मक प्रभावसहितको निगरानी’ अन्तर्गत निरन्तरता दिएको छ। फाइनान्स कम्पनीको वित्तीय विश्वसनीयता र दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्दै डबल बी माइनस रेटिङ पुनः पुष्टि गरिएको हो। यस्तै, गुडविल फाइनान्सद्वारा जारी गरिएको २५ करोड रुपैयाँको सबोर्डिनेटेड डिबेन्चरलाई पनि डबल बी माइनस रेटिङमा पुनः पुष्टि गरिएको छ। आईसीआरए नेपालका अनुसार यी रेटिङहरूले संस्थाको वित्तीय स्थितिमा मध्यम जोखिम रहेको जनाउँछ। ‘नकारात्मक प्रभावसहितको निगरानी’को कारण गुडविल फाइनान्सको वित्तीय प्रदर्शन, परिसंपत्ति गुणस्तर र नियामक माग पूरा गर्ने क्षमतामा रहेका चुनौतीहरूलाई मानिएको छ। रेटिङमा देखिएको जोखिमलाई मध्यनजर गर्दै वित्तीय स्थायित्व कायम गर्न संस्थाले तत्काल सुधारात्मक कदम चाल्न आवश्यक देखिन्छ। आईसीआरए नेपालले यी रेटिङहरूलाई संस्थाको समग्र वित्तीय स्थितिको रायका रूपमा व्याख्या गरेको छ। तर, कुनै विशिष्ट ऋण उपकरणमा आधारित यो राय भने होइन। रेटिङ एजेन्सीका अनुसार, गुडविल फाइनान्सले दायित्व समयमै पूरा गर्न थप प्रयास गर्नुपर्ने देखिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed