नेपाल प्रिमियर लिगको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भिडन्त हुने

४ पुष २०८१, बिहीबार १६:११

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भिडन्त हुने भएको छ ।

आज भएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार खेलिने छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*