शेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता बने मालामाल
४ पुष २०८१, बिहीबार १५:१९
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५६८.८२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता ३०२ रुपैयाँले बढेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।