जानकी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?

४ पुष २०८१, बिहीबार १५:०८

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५६८.८२ को बिन्दुमा कायम भएको छ ।

जानकी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । आज जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १० करोड २२ लाख रुपैयाँ, एजआरएन डेभलपमेन्ट बैंकको आठ कराड रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*